हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो, ७ आयातित सङ्क्रमित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, ७ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०७० पुगेको छ।

आयातित सङ्क्रमितमा लिथुआनिया १, पाकिस्तान ५ र टर्कीबाट आएका १ जना रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये स्रोत नखुलेको १ जना स्थानीय, १ जना बाहिरबाट आएर हङकङमा सङ्क्रमित भएका र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ४७ जनाको उपचार भइरहेको छ। आज ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

44739