न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २८ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।
यद्यपि, ६ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१०१ पुगेको छ।
आयातित सङ्क्रमितमा बेल्जियम, म्यानमार, अमेरिका, अजरबैजान, फिलिपिन्स र संयुक्त अरब इमिरेट्सबाट आएका रहेका छन्।
पछिल्लो १४ दिनमा जम्मा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये स्रोत नखुलेको १ जना स्थानीय, १ जना बाहिरबाट आएर हङकङमा सङ्क्रमित भएका र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।
यतिबेला हङकङमा कोरोना सङ्क्रमित ६५ जनाको उपचार भइरहेको छ। आज १४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।
नेपालमा कोरोनाको अवस्था यस्तो… छ।
कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्