हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो, २ आयातित सङ्क्रमित थपिए….

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३१ अगष्ट । हङकङमा स्थानीय कोरोना सङ्क्रितको संख्या शून्यमा रहे पनि आयातित सङ्क्रमित थपि रहेका छन्।

सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार स्थानीय कोरोना सङ्क्रितको संख्या शून्यमा रहेको जनाएको छ। यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,११३ पुगेको छ।

आयातित सङ्क्रमितहरुमा ग्रीस र टर्कीबाट आएका रहेका छन्। दुईमध्ये ग्रीसबाट आएका विरामीले कोरोनाविरुद्ध खोपको दुई डोज लिइसकेको बताइएको छ।

पछिल्लो १४ दिनमा जम्मा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये स्रोत नखुलेको १ जना स्थानीय र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ७२ जनाको उपचार भइरहेको छ। आज २ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो… छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

44896