फरक कन्सेप्टमा ज्ञान सुब्बाको भिडियो भिषणको निर्देशनमा

धरान। मंगलबार धरानको पुतली लाइनस्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो।

त्यहाँ हङकङ निवासी धराने गायक ज्ञान सुब्बाको गीतको छायाकन भैरहेको थियो।

वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले उक्त म्युजिक भिडियोको निर्देशन गर्दै थिए।

निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताए। उनले भने “मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नयाँ लाग्न सक्छ।”

धरान र चतराको विभिन्न स्थानमा दुई दिन लगाएर उक्त म्युजिक भिडियोको छायाकन गरिएको थियो।

आखिर के को लागि होला ? बोलको उक्त म्युजिक भिडियोमा लोकप्रिय अभिनेता प्रेम सुब्बालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ।

भिडियोमा बादल श्रेष्ठ र नव कलाकारहरु रबिना केसी र इसिता राईको पनि अभिनय रहेको छ।

उक्त गीतमा शब्द रबिन खावाहाङ राईको रहेको छ भने संगीत डा. शरद सिन्हाको रहेको छ।

सिल्भर इन्टरटेनमेन्ट्को प्रस्तुती रहेको भिडियोमा क्यामेराम्यान भुपेन्द्र तुम्बाहाम्फे, ड्रोन अप्रेटरमा सुमन तामाङ र मेकअप आर्टिस्ट लोकेस थापा रहेका छन्। भिडियो बाबाको मुख हेर्ने दिनमा रिलिज गरिने निर्देशक भीषण राईले बताए।





Comments

comments

44945