हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, ४ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,११३ पुगेको छ।

आयातित सङ्क्रमितमा फिलिपिन्सबाट आएका ४ जना घरेलुसहयोगी रहेकाछन्। यसैबीच, मनिलाबाट आउने सेबु प्यासिफिक एयरलाई हङकङमा सेप्टेम्बर १६ तारिखसम्म २ हप्ताको लागि प्रतिबन्ध लगाइएको छ।

पछिल्लो १४ दिनमा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ६३ जनाको उपचार भइरहेको छ। आज ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

44950