Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज एकै दिन ८ सङ्क्रमित थपिए.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज एकै दिन ८ सङ्क्रमित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ सेप्टेम्बर । हङकङमा आज एकै दिन ८ जना नयाँ आयातित कोरोना सङ्क्रमित थपिएका छन्। यो संख्या पछिल्लो पटक थपिएको सङ्क्रमितमा निक्कै ठूलो संख्या हो।

यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१२२ पुगेको छ।

यद्यपि, सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

आज थपिएका ८ जना आयातित सङ्क्रमितहरुमा फिलिपिन्सबाट आएका ३ जना विदेशी घरेलु सहयोगीहरु, २ किर्गिस्तान, १ संयुक्त राज्य अमेरिका र २ जना बेलायतबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ५२ जनाको उपचार भइरहेको छ। आज ११ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

45001