हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार पनि स्थानीय कोरोना सङ्क्रितको संख्या शून्यमा रहेको जनाएको छ।

यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१२४ पुगेको छ।

आयातित सङ्क्रमितमा इन्डोनेसिया र संयुक्त राज्य अमेरिकाबाट आएका रहेका छन्। दुबै जना कोरोनाविरुद्ध पुरा खोप लिईसकेका रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ५३ जनाको उपचार भइरहेको छ। आज १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो… छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

45032