१० मिलियन डलर फ्ल्याटको लक्की ड्र खुल्यो (भाग्यमानी विजेताको आईडी नम्बरको सूचीसहित..)

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ सेप्टेम्बर । १०.८ मिलियन डलर नगद बराबरको अपार्टमेन्ट लक्की ड्रको नतिजा बुधवार घोषणा भएको छ।

अपार्टमेन्ट

हङकङ आईडी नम्बर Z710**** र ****0215 फोन नम्बर भएका व्यक्तिले उक्त अपार्टमेन्ट जितेका छन्।

त्यस्तै, अन्य पुरस्कारहरुमा १ लाख डलरको २० क्रेडिट कार्डहरु सामेल छन्।

Sino Group’s Ng Teng Fong Charity Fund र Chinese Estates Holdings Limited ले कोरोनाविरुद्ध दुई डोज खोप लिइसकेका १८ वर्षमाथिका हङकङ नागरिकलाई यो लक्की ड्रमा सहभागी हुन आह्वान गरिएको थियो।

क्वुन टोङस्थित ग्रान्ड सेन्ट्रलमा १०.८ मिलियन डलर पर्ने एक बेडरूमको अपार्टमेन्ट पहिलो पुरस्कार विजेतालाई प्रदान गरिने घोषणा गरिएको थियो।

ग्राण्ड सेन्ट्रल

यस पटक लक्की ड्र नजित्नेहरुको लागि पुनः अर्को लक्की ड्र जित्ने अवसर प्रदान गरिएको छ। सेप्टेम्बर ३० तारिखभित्र कोरोनाविरुद्ध दुई डोज खोप लिइसकेकालागि अर्को लक्की ड्र खुल्ने भएको छ। लक्की ड्रका विजेतालाई सोही भवनको अर्को अपार्टमेन्ट प्रदान गरिने जनाएको छ। लक्की ड्रको परिणाम ७ अक्टोबर १२ बजे घोषणा गरिने छ।

विजेताको आइडी र सम्पर्क नम्बरः






Comments

comments

45079