हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज एकै दिन ६ सङ्क्रमित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ सेप्टेम्बर । हङकङमा आज एकै दिन ६ जना नयाँ आयातित कोरोना सङ्क्रमित थपिएका छन्।

यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१३० पुगेको छ।

यद्यपि, सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

आज थपिएका ६ जना आयातित सङ्क्रमितहरुमा १ अमेरिका, २ बेलायत, २ फिलिपिन्स र १ जना तान्जानियाबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ५१ जनाको उपचार भइरहेको छ। आज २ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

45055