अमेरिकी नौसेनाको कमान्डरमा नेपाली चेली…

विजय थापा-

अमेरिका उच्च अध्ययन गर्न आएकी काठमाडौँ महाराजगंजकी नेपाली चेली जतन केसी बास्तोला नौसेनाको कमान्डर पदमा बढुवा भएकी छिन्।

अमेरिकामा आई जलसेनाको उक्त पदमा पुग्ने नेपाली छोरी केसी बास्तोला सम्भवत पहिलो नेपाली हुन्।

अहिलेसम्म कै जानकारी र सोधखोज अनुसार बास्तोला अमेरिकी सेना तथा नौसेना मै कमान्डर पद अर्थात उक्त दर्जामा पुग्ने पहिलो नेपाली हुने अवसर पाएकी छिन्। त्यसमा पनि नेपाली महिला।

उनको पदोन्नति गत सेप्टेम्बर १ ,२०२१ देखि भएको हो। उनलाई कमान्डर बोर्ड (समिति)ले छनौट गरेपछि बढुवा भएको उनले बताइन्र सन् १९९५ मा अमेरिका उच्च अध्ययनको लागि आएकी बास्तोला सुरुमा हवाई त्यसपछि हवाईबाट भर्जिनिया राज्यमा आएकी हुन्।

उनी जलसेनामा भएकोले उनको काम समुन्द्रमा पर्दछ भने त्यसमा पनि ठूला ठूला पानी जहाजमा जानु पर्ने हुन्छ। अहिलेसम्म उनले ३ वटा जहाजहरुमा काम गरि सकेकी छिन् भने तिनीहरुमा युएसएस चेफी, युएसएस हेरी एस ट्रुम्यान रहेका छन्। हाल उनी युएसएस वास्पमा सहायक आपूर्ति अधिकारीको रुपमा कार्यरत छिन्।

उनको अन्य मुख्य काम भनेको वित्तीय तथा लजिस्टिक (संभारिकी) आपूर्ति गर्नुलगायत पर्दछ। उनी सन् २००६ देखि नौसेनामा भर्ना भएकी हुन्।

सन् २००४ मा अमेरिकी नागरिकता लिएकी बास्तोलाले सन् २०१५ मा कबुलियत व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन्।

उनले नौसेना र समुद्रीसेनामा राम्रो कार्य गरेवापत उनको योगदानको कदर गर्दै विभिन्न प्रशंसा पुरस्कारलगायत अन्य धेरै व्यक्तिगत पुरस्कारहरू प्राप्त गरेकी छिन्।

उनी हाल सेसापिक भर्जिनियामा श्रीमान र आमासंग बस्छिन्।





Comments

comments

45142