हङकङमा ५ जना सङ्क्रमित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० सेप्टेम्बर । हङकङमा आज ५ जना नयाँ आयातित कोरोना सङ्क्रमित थपिएका छन्।

यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१३९ पुगेको छ।

यद्यपि, सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

आज थपिएका ५ जना आयातित सङ्क्रमितहरुमा ३ स्विट्जरल्याण्ड, १ रूस र १ जना फिलिपिन्सबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ४८ जनाको उपचार भइरहेको छ। आज २ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा २१२ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

45135
%d bloggers like this: