Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एकै परिवारका १४ जना जेलमा

तपाईंको नाम भक्तराज गिरी कि राजकुमार प्रजा ?
मेरो नाम त राजकुमार प्रजा नै हो । के गर्नुहुन्छ ?
पहिला त गैंडा मार्थे अहिले यहाँ (मलेसिया) आएको छु
प्रहरीले पक्राउ गरेको छ, कस्तो लागेको छ ? मलाई गर्व नै लागेको छ, इन्टरनेशनल मान्छे भएजस्तो लागेको छ। मलाई यहाँ आएर पक्राउ गर्नुभएको छ।
अब के गर्नुहुन्छ ?
पहिला अशिक्षाले गर्दा यस्तो काममा लागें, अब गैंडा संरक्षणबारे जनचेतना फैलाउने काम गर्छु।

माथिका संवाद नेपाल प्रहरीका अधिकारी र दुई साताअघि मलेसियामा पक्राउ परेका राजकुमार प्रजाको हो। मोस्टवान्टेड सूचीमा राखेको चार वर्षपछि प्रहरीले उनलाई पक्राउ गरेको छ, मलेसियन प्रहरीको सहयोगमा। नेपाल ल्याउने प्रहरीसित राजकुमारले आफ्नो अपराध लुकाउनुको साटो रोचक घटना सुनाउँदै आफ्नो अपराध डायरी खोले।

राजकुमारको अपराध कथा निकै रोचक छ। पछिल्लो चार वर्षयता उनले आफूलाई भक्तराज गिरीका नामले चिनाउँदै आएका थिए। प्रहरीबाट जोगिन भक्तराज गिरीको नाममा पासपोर्ट बनाएर मलेसिया गएका उनी २७ वटा गैंडा मार्न संलग्न व्यक्ति हुन्। २० वटा उनी आफैंले मारेर खाग बिक्री गरे। चारवटा अरुले काटेको गैडांको खाग काटेका थिए भने अन्य तीनवटा खाग अन्यबाट किनेर बेचेका थिए।

प्रहरी अधिकारीका अनुसार राजकुमारको परिवार नै गैंडाको सिकार र खाग तस्करीमा संलग्न हुँदै आएको समाचार नयाँ पत्रिका दैनिकलृ छापेको छ। त्यही अभियोगमा परिवारका अधिकांश सदस्य जेलमा छन्। राजकुमारका चार दाजुभाइ छन्, जो सबै जेलमा छन्। राजकुमारका चार मामा पनि जेलमा नै छन्। भिनाजु मुडे साहिँला भनिने चन्द्र प्रजा पनि खाग तस्करीमा जेलमै छन्। मामाका छोरालगायत गरी जम्मा उनको परिवारका १४ जना जेलमा रहेका छन्।





Comments

comments

4521