खबर आयो- ‘नायिका शुष्मा कार्कीले गरिन् बिबाह’ (तस्बिरसहित)

भोला सुवेदी / एचकेनेपाल डट कम –
नायिका शुष्मा कार्कीले शुक्रबार राजधानीको अनामनगरस्थित एक घरमा तामझामका साथ बिबाह गरेको खबर बाहिर आएको छ। अमेरिका निवासी आकाशसंग बुबाको करकापमा नायिका शुष्मा कार्कीले बिबाह गरेको खबर र तस्बिर सार्बजानिक भएको छ।

हट एण्ड बोल्ड नायिका भन्ने बितिक्कै नेपाली चलचित्र नगरीमा मुखैमा झुन्डिने अर्को नाम हो नायिका शुष्मा कार्की। बेला बखतमा चर्चामा आईरहने यी नायिका अहिले भने निकै शान्त छिन् र फेरी अहिले उनको एकाएक चर्चा सुरु भएको छ जब कुरा निस्कियो उनले स्वंयम्बर गरेको तस्बिर एकाएक सार्बजानिक भएपछि।

नायिका शुष्मा कार्कीले बिबाह गरेको तस्बिर सार्बजानिक भएपछि लाग्यो उनले बिबाह गरेकी जस्तो। फोटोबाट प्रष्ट देखिन्छ उनले बिबाह गरेको। तर बिबाह गर्दा केटा को थियो त के उनकै प्रेमी हो या अरु कोही यो बारेमा तस्बिरमा प्रष्ट थिएन।

थप तस्बिर र माहोल हेर्दा उनले बिबाह गरेको खबर रिएल लाईफमा नभई रिल लाईफमा रहेछ। उनले हाल छायांकन भईरहेको चलचित्र “चलेछ बतास सुस्तरी” को एउटा सिनमा बिबाह गरेको देखिएको छ। अरुण खड्का प्रोडक्सन र क्रश फ्रिन्गर्स ईन्टरटेन्टमेन्टको ब्यानरमा अरुण खड्का र प्रदिप भारद्वाजले निर्माण गरेको यस चलचित्रलाई निर्देशकद्वय सब्बु सुबेदी र अनिला खड्काले निर्देशन गरिरहेका छन्।

चलचित्रमा हरि लामाको छायांकन कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रोशन श्रेष्ठको द्वन्द्व रहेको छ। ४ वटा गीत रहेको यस चलचित्रमा सन्तोष रजौरे र बिकास चौधरीको संगीत रहेको छ। चलचित्रमा स्वरुपराज आचार्य, डेबिट शंकर, प्रबिशा अधिकारी, आकांक्षा बस्याल सन्तोष राजौरेको आवाज सुन्न सकिने छ।

नायक प्रमोद भारद्वाज, नायिका शुष्मा कार्की, आकाश पल, निशा नेपाल, हेमन्त बुढाथोकी, पुष्प लुईटेललगायताको अभिनय चलचित्रमा रहेको छ। चलचित्रको हाल राजधानी आसपासका क्षेत्रहरुमा छायांकन भईरहेको छ। केही दिनअघि मात्र चलचित्रको टाईटल गीतलाई कालिन्चोक मन्दिर आसपास र दोलखामा खिचेर आएको यस युनिट चलचित्रको क्लाईमेक्स छायांकनको लागि भने पोखरा जाने तयारीमा रहेको छ।

यस चलचित्र सम्बन्धी तस्विरहरूः





Comments

comments

2998