Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

महायज्ञमा नेताका ७ हेलिकोप्टर, अजय सुमार्गीले दिए डेढ करोड रूपैयाँ

पर्वत, फागुन १० – बाग्लुङ नगरपालिका ८ पन्चकोट धाममा स्वामी कमल नयनाचार्यको अगुवाईमा भएको महायज्ञमा शनिबार प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरुको ओइरो लाग्यो। प्रधानमन्त्री सुशील कोइरालासहितका नेता सातवटा हेलिकोप्टर चार्टर गरी पञ्चकोट धाम पुगेका हुन्।

महायज्ञमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री वामदेव गौतम, एमाले अध्यक्ष केपी ओली, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधि, सिंचाई मन्त्री एनपी साउद, पूर्वमन्त्री डा. प्रकाशशरण महत, कृषि मन्त्री हरिप्रसाद पराजुली, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोबिन्द पोखरेल, भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय, एमाओवादी प्रबक्ता दिनानाथ शर्मा तथा कांग्रेस नेत्री सुजाता कोइराला पुगेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनीहरुलाई हेलिकप्टर चार्टर गर्ने भने आयोजक नै थिए। कार्यक्रममा ब्यवसायी अजय सुमार्गीले १ करोड ५५ लाख ५ हजार ५ सय ५५ सहयोग पनि गरेका छन्।





Comments

comments

4539