Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अपराध लुकाउन अघोरी बाबाको नाटक

काठमाडौं, फागुन १० – अपराध लुकाउन जोगीको जीवनशैली अपनाएका एक व्यक्ति सजाए सुनाएको १० वर्षपछि पक्राउ परेका छन्।

किर्ते मुद्दामा अदालतबाट धरौटीमा छुटेपछि जोगी अघोरी बाबा बनेका नवराज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। नक्कली सर्टिफिकेटलगायत सरकारी कागजपत्र किर्ते गरेको आरोपमा ११ वर्षअघि पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो। धरौटीमा छुटेका उनलाई २४ वैशाख २०६१ मा काठमाडौं जिल्ला अदालतले एक वर्ष कैद र ५० रुपैया जरिवाना कैद सजाय सुनाएको थियो। सो कैटबाट बच्न उनी तान्त्रिक र जोगी बनेका थिए। भेष बदले पनि उनले आफ्नो अपराध लुकाउन सकेनन्।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पोखरेललाई ३ फागुनमा पक्राउ गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ। उनलाई सुन्दरीजलबाट पक्राउ गरिएको सिआइबीका डिएसपी कृष्ण महतले बताए। उनलाई जेल चलान गरिएको छ। ११ वर्षअघि पोखरेलले कालिकास्थानमा नै कार्यालय खोलेर नक्कली सरकारी प्रमाणपत्रको धन्दा नै नै थलाएका थिए।





Comments

comments

4541