हङकङबासी गोरखाबाट गोरखा सत्याग्रह आन्दोलनलाई आर्थिक सहयोग..

सन्तोष थलङ –

बेलायत सरकारले २०७ बर्ष अघिदेखि ब्रिटिश गोरखाहरु (नेपाली नागरिक) माथि गर्दै आएको असमान एवं अमानवीय बिभेदबिरुद्ध गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले निर्णायक आन्दोलन अख्तियार गरेको थियो।

फाइल फोटोः आन्दोलनको झलक

समितिले अख्तियार गरेको निर्णायक आन्दोलन (आमरण अनशन) कालागि र सम्पूर्ण गोरखा समुदायको हक अधिकार साथै नेपालको स्वाभिमानको लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने तत्परतासहित आमरण अनशन (Fast- unto- Death) मा सहभागी हाम्रा साहसी अभियन्ताहरु श्री ज्ञानराज राई, श्री धनबहादुर गुरुङ र श्रीमती पुष्पा राणा घलेको महान बिचार र त्यागको कदर एवं सम्मान गर्दै आर्थिक सहयोग प्राप्त भएको छ।

हङकङमा रहेका ब्रिटिश गोरखा परिबारका तर्फबाट नैतिक समर्थन गर्दै यथासक्दो आर्थिक योगदान गर्न रत्न खिम्दिङको सक्रियता एवं १० जीआरको संयोजकत्वमा बिभिन्न पल्टनका प्रतिनिधिहरुमार्फत हङकङबासी न्यायप्रेमी गोरखा दाजुभाइ दिदीबहिनी तथा भाञ्जा भाञ्जीहरुबाट संकलित जम्मा HK$ ४१,०३१ (£3,763.226)) गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिलाई TT मार्फत हस्तान्तरण गरिएको छ।

अभियानमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति हङकङकी संयोजक श्रीमती पुष्पा गुरुङ (पुष्पा गुरुआमा)को समेत सहमति र सहभागिता रहेको थियो। त्यसैगरी ले. (रिटायर्ड) पदमबहादुर राई (१० जि.आर) को पनि महत्वपूर्ण सल्लाह र सहयोग रहेको थियो।

यस निर्णायक आन्दोलनलाई आत्मसात गर्दै आर्थिक सहयोग गर्नुहुने हङकङबासी गोरखा दाजुभाइ दिदीबहिनी तथा भाञ्जा भाञ्जीहरु र संयोजनकारी भूमिका निर्वाह गर्नुहुने रत्न खिम्दिङ १० जीआरलाई गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति धन्यवाद टक्र्याउन चाहन्छ।

अन्त्यमा, हाम्रा ३ महान सत्याग्रहीहरुको साहस र गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियन्ताहरुको दृढ संकल्पले तीन दशक लामो आन्दोलन पश्चात नैतिक रुपमा ऐतिहासिक बिजय प्राप्त गरेका छौं।

यसकालागि हाम्रा महान सत्याग्रहीहरु र गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिप्रति यूके/ नेपालप्रति हङकङबासी गोरखाहरुले ससम्मान आभार व्यक्त गरेका छन्। अब यसलाई बस्तुगत रुपमा कार्यान्वयन गराउने बिषयमा सत्याग्रहले विवेकपूर्ण कदम चाल्नेमा सबै गोरखाहरु पूर्ण विश्वस्त रहेकाछन्।

जय गोरखा !!!

संकलित रकमको बिवरण निम्नानुसार छन्:





Comments

comments

45234