हङकङमा दुई हप्तामा पहिलो पटक सङ्क्रमित सङ्ख्या शून्य..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ सेप्टेम्बर । हङकङमा दुई हप्ताभित्र पहिलो पटक कोरोना सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार स्थानीय र आयातित कोरोना सङ्क्रितको संख्या नथपिएको जनाएको छ।

हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१५० रहेको छ।

पछिल्लो १४ दिनमा ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ३९ जनाको उपचार भइरहेको छ। थप ३ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

45238