अमेरिका पुगेर गोबिन्द केसीको प्रदर्शन..

विजय थापा –

डिसी । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडि न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा डा. गोबिन्द केसीले सहभागिता जनाएका छन्।

गत २० र २१ सेप्टेम्बर २०२१ का दिन दिउंसो १ बजे देखि ४ बजेसम्म संचालन भएको कार्यक्रममा डा केसीले क्रियाशील रुपमा सहभागिता जनाएका छन् । त्यहाँ उनलाई साथ र समर्थन गर्न आएका नेपाली समुदायले विभिन्न नारा लेखेका सामग्रीहरु प्रदर्शन समेत गरेका छन्।

विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको छ । डा केसी अझ अमेरिकाका बिभिन्न राज्यहरुमा नेपाली समुदायले भेटघाट गर्ने कार्यक्रम रहेको छ।

यसै सिलसिलामा डा प्रा केसीले पेनसेलभेनियामा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन्। डा केसी नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमको लागि क्यालिफोर्निया तथा टेक्सस जानेछन्।

डा. केसी जो आफ्नो जीवनको समेत परबाह नगरी दीन दुखीहरुको आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि निरन्तर लडि रहेका छन् । उनले थालनी गरेको पवित्र कर्मको लागि अमेरिकाका नेपाली समुदायले साथ दिएका छन्।

गत सेप्टेम्बर १७ का दिन डा केसी सोलिड्यारिटीफरडाकेसीएलाइन्सका अमेरिकाका लागि संयोजकको भूमिका निर्वाह गर्ने लेखक तथा सामाजिक अभियन्ता शिव प्रकाश अमेरिका आएका हुन्।

डा प्रा केसीले हालसम्म १९ औं पटकमा २५५ दिन अनशन आन्दोलनका रूपमा सत्याग्रह गर्नु भएको छ। प्रा डा केसीले देशव्यापी भन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले आफूले उठान गरेका मुद्धाहरु नेपालमा मात्र हैन बिश्वब्यापी मन्चमा उठाउनु दायित्व ठानी त्यसलाई मूर्तरुप दिन अमेरिकाका आएका हुन्।

२१, सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस रहेको थियो र संयुक्त राष्ट्र संघको महासभा भएकोले उक्त अवसरमा बिश्वको ध्यान पुगोस् भन्दै शान्ति प्रदर्शनमा सहभागिता जनाएका हुन्।

सम्पन्न भएको शान्तिपूर्ण प्रदर्शनीको मुख्य उद्धेश्य विश्वमा फैलिएको हिंसा र युद्धको अन्त्य ,शान्ति, सद्भाव र समानता, जलवायु विनासको रोकथाम र सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने रहेको डा केसीको रहेको थियो।





Comments

comments

45376