हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज ७ सङ्क्रमित थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ सेप्टेम्बर । हङकङमा आज शुक्रवार सात जना आयातित सङ्क्रमित थपिएका छन्।

आयातित सङ्क्रमितमा भारत, फिलिपिन्स र घानाबाट आएका रहेका छन्। तिमध्ये चार जनाले कोभिडविरुद्ध २ डोज खोप लिइसकेको जनाइएको छ।

यद्यपि, सेन्टर फर हेल्थ प्रोटेक्शनले स्थानीय कोरोना सङ्क्रितको संख्या शून्यमा रहेको जनाएको छ। हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१७७ पुगेको छ।

पछिल्लो १४ दिनमा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ३३ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

45386