प्रतिक्षा शुक्ला बनिन् मिस नेपाल युएस २०२१..

विजय थापा / एचकेनेपाल डट कम –

सेप्टेम्बर २६, न्यूयोर्कमा शनिबार सम्पन्न मिस नेपाल युएस २०२१ को प्रतियोगितामा प्रतिक्षा शुक्ला बिजेता घोषित भएकी छिन्।

प्रतिक्षा शुक्ला

उनले आफ्ना १० प्रतियोगीहरुलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन्।

प्रतियोगितामा प्रथम उप बिजेता कला न्यौपाने तथा द्वितीय उप बिजेता अलिशा लिम्बु भएका छन्।

१० औ संस्करणको उक्त प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरुबाट प्रतियोगीहरुले सहभागिता जनाएका थिए।

मिस नेपाल युएस २०२१ अर्थात अमेरिका नेपाल सुन्दरी प्रतियोगिता २०२१ का शीर्ष १० मा पुग्ने प्रतियोगीहरुमा क्रमशः अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्याषा थापा र अलिशा लिम्बु रहेका थिए।

कार्यक्रम समारोह न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला) मा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सहभागी हुनु अगाडि कोभिड-१९ को जाँच गरिएको थियो।

प्रतियोगिताका लागि आधिकारिक फोटोग्राफर राजिब श्रेष्ठ रहेका थिए।

अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएसको यो समारोह १० औ बार्षिकोत्सव हो। मिस नेपाल युएस २०११ मा न्यूयोर्क शहरबाट सुरु भएको थियो जसमा सुजिता बस्नेतले पहिलो अमेरिका नेपाल सुन्दरी (मिस नेपाल युएस)को ताज पहिरिएकी थिइन्।

तस्बिर : राजिब श्रेष्ठ





Comments

comments

45429
%d bloggers like this: