हङकङ कोरोना न्युज अपडेट- हङकङमा आयातित सङ्क्रमित थपिएकै थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले हङकङमा आइतवार ८ जना आयातित कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,१९४ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना सङ्क्रितको संख्या आज पनि शून्य नै रहेको छ।

आयातित सङ्क्रमितमा चेक गणतन्त्र, अमेरिका, माल्दिभ्स, स्पेन र फिलिपिन्सबाट आएका ४ जना घरेलुसहयोगी रहेका छन्। तिमध्ये ७ जनाले कोभिडविरुद्ध २ डोज खोप लिइसकेका थिए।

पछिल्लो १४ दिनमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ४५ जनाको उपचार भइरहेको छ। आज थप ८ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

45425