दिलकी रानी सार्वजनिक…

दिलकी रानी सार्वजनिक भएको छ। सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेको गीतमा दुई चर्चित गायक प्रबिशा अधिकारी र बादल थापाको स्वर सुन्न सकिन्छ।

गीतमा शब्द सुरेश राना र म्युजिक गायक थापाकै रहेको छ। गीत रिलिज अघिनै टिकटकमा लोकप्रिय भैसकेको छ।

निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्रफी गरेका हुन्। म्युजिक भिडियोमा सौरभ लामाको छायांकन, भुपेन्द्र अधिकारिको सम्पादन, रेनिश फगोको कलर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ। गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन्।



Comments

comments

45414
%d bloggers like this: