हङकङ कोरोना न्युज अपडेट- हङकङमा एकै दिन १३ सङ्क्रमित थपिए, कतार एयरवेजलाई प्रतिबन्ध..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले हङकङमा एकै दिन १३ जना आयातित कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

फाइल फोटो

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२१० पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना सङ्क्रितको संख्या आज पनि शून्य नै रहेको छ।

आयातित सङ्क्रमितहरुमध्ये ५ मोरक्कोबाट, १ केन्याबाट, १ इटालीबाट, १ युएईबाट, १ संयुक्त राज्य अमेरिकाबाट, २ फिलिपिन्सबाट, १ पाकिस्तानबाट र एक किर्गिस्तानबाट आएका रहेका छन्। तिमध्ये ८ जनाले कोभिडविरुद्ध २ डोज खोप लिइसकेका थिए।

यसैबीच, सरकारले कतार एयरवेजलाई २८ सेप्टेम्बरदेखि ११ अक्टोबरसम्म २ हप्ताको लागि हङकङमा प्रतिबन्ध लगाएको छ।

पछिल्लो १४ दिनमा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ४७ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।





Comments

comments

45466