मकाउमा कार्यरत नेपाली सेक्युरिटी गार्डलाई कोरोना सङ्क्रमण..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ सेप्टेम्बर । मकाउमा नेपाली सेक्युरिटी गार्डलाई कोरोना सङ्क्रमण भएको मकाउको स्वास्थ्य अधिकारीले जनाएको छ।

गोल्डन क्राउन चाइना होटलमा कार्यरत २६ वर्षीय नेपाली सुरक्षा कर्मचारीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य अधिकारीले जनाएको छ।

यसअघि, यसै होटलमा कार्यरत अर्का सेक्युरिटी गार्ड केस नं ६५ मा कोरोना सङ्क्रमण देखिएको थियो।

नयाँ सङ्क्रमित मकाउमा आयातित ६५औं केसका सहकर्मी हुन्। उनी मेडिकल अवलोकनका लागि तोकिएको गोल्डन क्राउन चाइना होटलको १५ औं र १८ औं तलामा नियमित रूपमा काम गर्दै आएका थिए।





Comments

comments

45469