हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले हङकङमा शनिवार ५ जना आयातित कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२२७ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना सङ्क्रितको संख्या आज पनि शून्य नै रहेको छ।

आयातित सङ्क्रमितमा भारतबाट २ जना, जर्मनीबाट आएका ४१ वर्षीय पुरुष, फ्रान्सबाट आएका २९ वर्षीय एक पुरुष र फिलिपिन्सबाट आएकी ३३ वर्षीया घरेलुसहयोगी रहेका छन्। ति सबैले कोभिडविरुद्ध २ डोज खोप लिइसकेका थिए।

पछिल्लो १४ दिनमा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ६४ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

फाइल फोटो




Comments

comments

45535