हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज लोकल र इम्पोर्टेट केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार हङकङमा कोरोना सङ्क्रितको संख्या शून्यमा रहेको जनाएको छ।

प्रोटेक्शनका अनुसार स्थानीय र आयातित कोरोना सङ्क्रित नथपिएको हो। यसअघि, स्थानीय सङ्क्रमित संख्या शून्यमा कायम रहंदै आए पनि आयातित सङ्क्रित थपिने क्रम जारी रहेको थियो।

हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२२७ पुगेको छ।

पछिल्लो १४ दिनमा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ५८ जनाको उपचार भइरहेको छ। आज थप ६ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

फाइल फोटो




Comments

comments

45541