हङकङ कोरोना न्युज अपडेट- नेपालबाट आएका १ पुरुषमा देखियो कोरोना, ८ आयातित केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवारको प्रेस ब्रिफिङमा हङकङमा नेपालबाट आएका १ सहित ८ आयातित केस थपिएको जनाएको छ।

फाइल फोटो

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२६२ पुगेको छ।

यद्यपि, प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस आज पनि शून्य नै रहेको छ।

आयातित सङ्क्रमितमा नेपालबाट आएका २९ वर्ष उमेरका १ जना पुरुष रहेका छन्। उनले कोरोनाविरुद्ध १ खोपको डोज लिएको जनाइएको छ।

यसअघि, नेपालबाट अक्टोबर ५ तारिख हङकङ आएका ३ यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङ सरकारले नेपाल वायुसेवा निगमको RA409 लाई हङकङमा ७ देखि २० अक्टोबरसम्म प्रतिबन्ध लगाएको थियो।

सेन्टर फर हेल्थ प्रोटेक्शनले अरु आयातित सङ्क्रमित केसहरुमा पाकिस्तानबाट ३ जना, इन्डोनेसियाबाट २ जना, भारतबाट १ जना र १ जना फिलिपिन्सबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये एक स्थानीय र अन्य सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ५९ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।





Comments

comments

45682