न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १० अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार हङकङमा कोरोनाको स्थानीय र आयातित नयाँ केस नथपिएको जनाएको छ।
हङकङमा आजसम्म कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२६२ पुगेको छ।
पछिल्लो १४ दिनमा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये एक स्थानीय र अन्य सबै आयातित सङ्क्रमित रहेका छन्।
हङकङमा कोरोना सङ्क्रमित ६६ जनाको उपचार भइरहेको छ। आज थप ७ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।