Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ चरेस पठाउने गिरोह काठमाडौंमा पक्राउ.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ चरेस पठाउने गिरोह काठमाडौंमा पक्राउ..

न्युज डेस्क / एचकेनेपाल डट कम –

१० अक्टोबर,काठमाडौं । नेपालबाट हङकङ चरेस कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीले मानभवनस्थित ब्‍लूस्टार कार्गोबाट हङकङ पठाउन लागेको ७ केजी ९७७ ग्राम चरेस र नगद १ लाखसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उर्लाबारी–८ घर भएका ३२ वर्षीय अन्जित थापा, सुनकोसी गाउँपालिका–५ घर भई हाल हात्तिवन बस्‍दै आएका ३० वर्षीय सुजन श्रेष्ठ, लिखसु गाउँपालिका–५ सिन्धुपाल्चोकका ४१ वर्षीय सागर भन्‍ने जालिन्द्र श्रेष्ठ रहेका छन्। त्यसै गरी, पक्राउ पर्ने अन्यमा सखुवा पर्सौनी घर भइ हाल काठमाडौं महानगरपालिका ६ बौद्ध बस्‍दै आएका सिलाई बुनाइको काम गर्ने दिनदयाल महतो र उरावँकोर दीपेन्द्र महतो, काठमाडौं महानगरपालिका–१४ बाट थाहा नगरपालिका–११ बस्ने ४५ वर्षीय रबि मुक्तान र थाक्रे गाउपालिका–३ धादिङका २३ वर्षीय मोतीलाल तामाङ रहेका छन्।

थाङ्कामा प्रयोग हुने आयातकार काठको लिस्टिभित्र चरेश लुकाई राखेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।

उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरुमा चरेश लुकाई कार्गोबाट हङकङ पठाउने गरेको खुलेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।





Comments

comments

45709