Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमाओवादी पूर्वसभासद ढुंगेलविरुद्द अर्को पनि ज्यान मुद्दा

काठमाडौं, फागुन ११– हत्याको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका एमाओवादी पूर्वसभासद बालकृष्ण ढुंगेलविरुद्ध अर्को ज्यान मुद्दा पनि दायर हुने सम्भावना बढेको छ।

ढुंगेलविरुद्द ओखलढुंगाका गणेशकुमार श्रेष्ठको हत्या भएको जाहेरीमभाथि कारबाही अगाडि नबढाउनुको लिखित कारण पेस गर्न अदालतले प्रहरीलाई आदेश गरेपछि उनीमाथि अर्को मुद्दा थपिने सम्भावना बढेको हो।

उज्जैनकुमार श्रेष्ठको हत्या गरेको भनी अदालतले दोषी करार गरेका ढुंगेलले उनीविरुद्ध किटानी जाहेरी गर्न खोज्दा उज्जैनका दाजु गणेशको पनि गोली हानी हत्या गरेको भन्दै १२ वर्षअघि नै श्रेष्ठ परिबारले प्रहरीमा जाहेरी दिएका थिए।

तर यतिका वर्ष बितिसक्दा पनि जाहेरीमा कुनै कारबाही अगाडि नबढेको भन्दै श्रेष्ठका आफन्तले फागुन ६ गते पुनरावेदन अदालत जनकुपुरमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधिश सत्यराज गुरुङको एकल इजलासले जिल्ला प्रहरी कार्यालय रामेछापका नाममा आदेश जारी गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ। आदेशमा बाटाका म्यादले १५ दिनभित्र पीडितको जाहेरी दर्ता नगर्नाको कारण लिखित रुपमा बुझाउन भनिएको छ।





Comments

comments

4572