Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा नेताहरूलाई पालैपालो कालो झण्डा, भिम रावल पनि बचेनन् – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा नेताहरूलाई पालैपालो कालो झण्डा, भिम रावल पनि बचेनन्

अमिना शेरमा / एचकेनेपाल डट कम –
हङकङ, फेब्रुअरी २३ – नेकपा एमालेका उपाध्यक्ष भिम रावललाई हङकङमा कालो झण्डा सहितको विरोध प्रदर्शन गरेको छ। एमालेको संस्था प्रवासी नेपाली मञ्च हङकङको पहिलो अधिवेशनमा प्रमुख अतिथिको रुपमा आएका नेतालाई पहिचान र संघीयता विरोधी भन्दै हङकङका स्थानीय नेपालीहरुले उक्त प्रदर्शन गरेको हो।

याउमा तेइ कम्यूनिटी हलको ग्राउड फ्लोरको हलमा आइतबार दिउंसो भएको अधिवेशनमा नेता भिम रावललाई विरोध प्रर्दशन गरिने भएपछि कार्यक्रम आयोजकहरुले कोठा थुनेर कार्यक्रम गरेका थिए। करिब अढाइ सय जना क्षमता भएको हलमा विशेष अतिथि, अतिथिहरुसहित करीब पाँच दर्जन जतिको उपस्थितिमा अधिवेशन खुलासत्र कार्यक्रम सम्पन्न भएको थियो।

हङकङको कानुन अनुसार ३० जना भन्दा बढि भेला भएर हल्ला गर्न नपाउने नियम भए पनि पहिचानवादीहरु सयौंको संख्यामा उपस्थित भई वाहिरबाटै विरोध प्रदर्शन गरेका थिए। माहोललाई नियन्त्रण गर्न प्रहरीहरु समेत आएका थिए।

विरोध गर्ने क्रममा एनेकपा माओवादी हङकङ शाखाको अध्यक्ष रविन लिङदेन र समावेशी नेपाली समाजका कावा अध्यक्ष किसन राईले विशेष अतिथिको रुपमा उपस्थित भएर विरोधलाई सघाउ पुर्याएको जनाएको छ। उनीहरुले पहिचान सहितको संघीयतालाई गलत ढंगले ब्याख्या नगर्न, सहमतिको संविधान लागु गर्न र हङकङमा महावाणिज्यदूत आदिवासी जनजाति मुलको हुनुपर्ने माग राखेको जनाएको छ।

हातमा कालो झण्डा र प्ले कार्ड बोकेका पहिचानवादीहरुले “पहिचान विरोधी–मुर्दावाद, पहिचान सहितको संघीय संविधान–जारी गर, पहिचानवादी एकता– जिन्दावाद, जनजाति मुलको महावाणिज्यदूत–नियुक्ति गर” जस्ता चर्का नारा लगाउदै विरोध प्रदर्शन गरेका थिए।

हङकङमा एकसाता अघि अर्थमन्त्री डा. रामशरण महतलाई पहिचान विरोधी भन्दै एक नेपाली रेष्टुरेण्टको सडकको विच बाटोमै कालो झण्डासहित विरोध प्रर्दशन गरेको थियो। त्यसअघि २०१२ को जुलाई महिनामा नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पहिचान विरोधी भन्दै उनको कार्यक्रम स्थलमै कालो झण्डासहित विरोध प्रदर्शन गरेको थियो।

यो पनि हेर्नुहोस्ः
अर्थमन्त्री महतलाई हङकङमा किन देखाइयो कालो झण्डा ?





Comments

comments

4584