चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूतहरु क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

त्यसअवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। रासस





Comments

comments

46019