न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २२ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार हङकङमा २ आयातित केस थपिएको जनाएको छ।
यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३१४ पुगेको छ।
प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।
आयातित केसहरुमा माल्दिभ्स र फिलिपिन्सबाट आएका ३१ र ४३ वर्षका दुई महिला सामेल छन्।
पछिल्लो १४ दिनमा ६० वटा कोरोनाको केस दर्ज भएको छ। तिमध्ये एक स्थानीय र अन्य सबै आयातित केस रहेका छन्।
हङकङमा कोरोना सङ्क्रमित ५१ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।
👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ। हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।