हङकङ म्याराथनमा ४ सयभन्दा बढी घाइते, १को अवस्था गम्भीर..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ अक्टोबर । द स्ट्यान्डर्ड चार्टर्ड म्याराथनमा सहभागीमध्ये ४४५ जना घाइते भएको आयोजकले जनाएको छ।

आज सम्पन्न म्याराथनका २१ जना घाइते धावकमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। अस्पताल पुर्याइएका घाइतेहरुमा ३२ देखि ८७ वर्ष उमेरका २० पुरुष र १ महिला रहेका छन्। उनीहरुमा हाइपरथर्मिया, खुट्टा मर्किने र बाउंडिने समस्यासमेत देखिएका थिए।

गम्भीर अवस्थामा रहेका धावकको रट्टनजी अस्पतालमा उपचार भइरहेको छ।

दुई वर्षको स्थगितपछि आइतवार सम्पन्न म्याराथनमा सहभागीको लागि १८,५०० जनाको कोटा छुट्याइएको थियो। म्याराथनमा १५,६५९ प्रतियोगी सहभागी थिए।

तीन शीर्षकमा भएको म्याराथनहरु म्याराथन एलिट, हाफ म्याराथन एलिट र १० किमी एलिटमा विभक्त गरिएका थिए। प्रतियोगीतामा विभिन्न विधामा २८ जना धावक विजयी भएका छन्। विजयी धावकहरुको नामावली आयोजकले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46076