Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वप्रधानमन्त्रीको घरमा डिभोर्स

काठमाडौं, फागुन १२ – पैसा र प्रेमले गर्दा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घरमा भाँडभैलो मच्चिएको छ। बुढेसकालमा पार्टीभित्र उग्र झगडामा फसेका चन्दका छोरा भूपेन एक हिरोइनसँगको चक्करमा फसेपछि घरमा कलह बढेको छ।

फिल्म क्षेत्रमा समेत लागेका भूपेनले नायिक सौजन्य सुब्बालाई दोस्री श्रीमतीका रुपमा घरमा भित्राएपछि उनकी पहिली श्रीमती अमृत सिंहको रुवावासी भएको छ।

अमृतसँग उनले सम्पत्तिका लागि बिहे गरेका थिए। नेपाली सेनाका पूर्व जर्नेल तोरणबहादुर सिंहकी छोरी अमृतलाई परिवारले टन्न सम्पत्ति दिएको थियो। पहिलो बिहे एक भारतीय व्यापारीसँग गरेकी उनको ती व्यापारीसँग डिभोर्स भएपछि भूपेनसँग दोस्रो बिहे भएको थियो।

अमृतको नाममा छाउनीमा जग्गा थियो। बिहेपछि सोही जग्गा ५ करोडमा बेचेर भूपेनका लागि गाडी र भैंसेपाटीमा घर किनेकी थिइन्। सोही घरमा दुवैजना बस्दै आएका भूपेन सौजन्यसँग लागेपछि उनीहरुबीच विवाद बढेको थियो। पटकपटक विवादमा तानिएकी सौजन्यसँग बिहे नै गर्ने निर्णयमा भूपेन पुगेपछि उनीहरुबीच डिभोर्सको स्थिति आएको समाचार दृष्टि साप्ताहिकले छापेको छ। सौजन्य यतिबेला अमेरिकामा छिन्। भूपेन पनि सौजन्यसँग बिहे गरेर बस्ने योजनासहित अमेरिका जाने तयारीमा छन्।





Comments

comments

4609