Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यी हुन् हाहाकार मच्याउने ‘डन’…

काठमाडौं, फागुन १३ – तेल र ग्यास व्यवसायमा ‘डन’का रुपमा चिनिने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेलगायत ग्यास माफियाहरुका कारण नेपालमा ग्यासको कृत्रिम अभाव देखिन पुगेको छ। नेपाल आयल निगमका कोटा अनुरुप ग्यास उपलब्ध हुँदै आए पनि घिमिरेलगायत ग्यास व्यवसायमा चलखेल गर्नेहरुकै कारण अहिले अभाव सिर्जना हुन पुगेको बताइन्छ।

पछिल्लो समय बाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाका विश्वास पात्रका रुपमा उभिएका घिमिरेले मन्त्रीकै आडभरोसामा ग्यासमा कृत्रिम अभाव सिर्जना गरिरहेको समाचार आजको बुधबार साप्ताहिकले छापेको छ। नेपाल ग्यास अभाव हुनुको पछाडि घिमिरेको पहलमा भारतमा ग्यास ओसार्ने बुलेट लुकाएको कारण रहेको बताइन्छ। उनले बीस–बाइस दिनअघि ग्यास ओसार्ने ५०–६० थान बुलेट भारतमा लुकाएर राखेका कारण ग्यास आपूर्ति सहज हुन नसकेको हो।





Comments

comments

4621