Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘हाम्रो सुहागरात वेदनामय भयो!’ – श्वेता खड्का

काठमाडौं, फागुन १९ – श्वेता खड्काले बिहेकै रात आफ्ना श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठलाई परिवारका सबै सदस्यले रुँगेर बसेको बताएकी छन्। उनले बिहेको अघिल्लो दिनदेखि नै ज्वरोले सताइएका श्रीमानले बिहेको जग्गेमा बस्दा निकै कठिनाई झेलेको बताएकी छन्। ‘बिहेको अघिल्लो दिन ज्वरोले उहाँ ओछ्यानबाट उठ्न सक्नुभएको थिएन’, श्वेताले भनेकी छन्,‘भोलिपल्ट दिनभरि जग्गेमा बस्दा उहाँलाई कम्ती गाह्रो भएन।’

श्वेताले आफ्नो सुहागरात नै बेदनामय भएको समेत बताएकी छन्। उनले श्रीकृष्णलाई व्यथाले च्यापेपछि परिवारका सबै सदस्य उनलाई कुरेर बसेको बताइन्। ‘हाम्रो सुहागरात वेदनामय भयो। उहाँलाई व्यथाले चापेपछि म र परिवार रातभरि उहाँलाई रुँगेर बस्यौं’, श्वेताले भनिन्।

श्वेताले श्रीकृष्णले छाडेपछि चार महिना मरेतुल्य भएर बिताएको आजको नयाँ पत्रिकले उनीसँग गरिएको कुराकानी छापेको छ। उनले उक्त अवधिमा दिन र रातको समेत भेउ नपाएको बताइन्। ‘उहाँले छाडेपछिका चार महिना त मैले मरेतुल्य भएर बिताएँ। मलाई दिन र रातको समेत भेद भएन। थला परेको विरामीलाई जसरी अरुले स्याहारेर राखे। दुई महिना डिप्रेसनको औषधि खानुपर्यो, श्वेताले भनिन्।





Comments

comments

4613