Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आइएसविरुद्ध ३० हजार सेना एकैपटक रणभूमिमा

रासस/एएफपी – किर्कुक। इराकको टिक्रिट सहरमा करिब ३० हजार इराकी बलले जेट र हेलिकप्टरबाट इस्लामिक स्टेट आइएसविरुद्ध जिहादीहरुलाई घेरा हालेर भीषण कारबाही सुरु गरेको छ।

आइएस लडाकूको बलियो प्रभाव रहेको किर्कुकलगायतका शहर पुनः कब्जाका लागि इराकी सुरक्षाबलले सो कारबाही सुरु गरेको बताइएको छ। सुरक्षाबल टिक्रिट, आद्–दावर र अल–आलाम सो घेरा लगाएको सैनिक स्रोतले एएफपी समाचार समितिलाई टेलिफोनमार्फत बताएको जनाइएको छ।

जिहादीद्वारा कब्जा गरिएका शहरहरु फिर्ता गर्ने यो एक महत्वपूर्ण कारबाही भएको इराकी प्रधानमन्त्री हैदर अल आबादीले बताए। एक सैनिक अधिकारीका अनुसार सो कारबाहीका क्रममा सैनिक, प्रहरी आतङ्कवाद विरुद्धका इकाइ र सरकारको नियन्त्रणमा रहेका स्वयंसेवीहरुको सहभागिता रहेका जनाइएको छ।





Comments

comments

4764