त्रिमूर्ति निकेतनमा ३ जना मनोनीत

काठमाडाैँ, ११ कात्तिक । त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल काव्यसभाका संयोजकमा प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजकमा नाट्यभूषण मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजकमा प्रा.डा.महादेव अवस्थीलाई मनोनीत गरेको छ।

आज सम्पन्न त्रिमूर्ति निकेतनको साधारणसभामा १०२ वर्षीय वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको पनि गरिमामय सहभागिता थियो । डा.जोशी त्रिमूर्ति निकेतनका संस्थापकमध्ये एक हुनुहुन्छ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको सभाले सो निर्णय गरेको हो।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन





Comments

comments

46230