हङकङ कोरोना न्युज अपडेट- हङकङमा ५ इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार हङकङमा ५ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३४३ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसहरुमा दुई पुरुष एयर क्रू सदस्य रहेका छन्। एकजना अमेरिका र बेलायत हुदै आएका रहेका छन् भने अर्को रुसबाट आएको प्रोटेक्शनले जनाएको छ। थप तीन जना महिला फिलिपिन्सबाट आएका घरेलु कामदार सामेल छन्।

पछिल्लो १४ दिनमा ६१ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ५६ जनाको उपचार भइरहेको छ। आज थप २ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

46255