Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कविता गृहमा मह जोडी, कुमार बस्नेतलगायतलाई भब्य स्वागत – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कविता गृहमा मह जोडी, कुमार बस्नेतलगायतलाई भब्य स्वागत

विजय थापा । डिसी महानगर क्षेत्र । मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित अवैतनिक महाबाणिज्यदूताबास तथा कविता गृहमा अमेरिकाको भ्रमणमा रहेका हास्यव्यंग्य कलाकारद्वय मह जोडी(मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य) वरिष्ठ लोक गायक कुमार बस्नेत लगायतलाई लोक गायक तथा महाबाणिज्यदूत प्रेमराजा महतले ऐतिहासिक रुपमा भब्य स्वागत गरेका छन्।

मह जोडी र कुमार बस्नेत संगै धेरै पटक काम गरि सकेका अर्का कलाकार शिवहरि पौडेलको पनि सहभागिता रहेको थियो।

गत मंगलबार अक्टोबर २६ का दिन कविता गृह (प्रेम राजा महतकी जीवन संगिनीको नाममा राखिएको कुटी)मा संयोगवस अमेरिका पुगेका केही विशिष्ट व्यक्तित्वहरुसमेत उक्त भेटघाट कार्यकममा आएका थिए।

आयोजना गरिएको दिवा भोजको साथै अनौपचारिक कार्यक्रम भएता पनि वरिष्ठ लोक गायक महतले नेपालबाट अमेरिका आएका र आफूसंग घनिष्ठ सम्बन्ध भएका कलाकारहरुलाई कविता गृहको अवलोकन गराए । महतले मह जोडीको कोठा माथिल्लो तलामा समेत रहेको जानकारी दिएका थिए। पहिले मह जोडी अमेरिका आउदा उक्त कोठामा बस्ने गरेको उनले बताए।

जमघट कार्यक्रममा कलाकारहरु मात्र नभई अन्य विभिन्न पेशाका प्रतिष्ठित व्यक्तित्वहरुसहित स्थानीयहरुको समेत उपस्थिति रहेको थियो।

दिवा भोजनपछि महतले सानो कार्यकमको आयोजना समेत गरेका थिए । महतले सुरुमै कुनै औपचारिक कार्यक्रम हैन तर कार्यक्रम नै हो भने । हजारौ र करोडौको मन जित्ने कलाकारहरुको बीचमा आफू हुँदा करौडौबीच महसुस भएको उनले बताउदै स्वागत गरेका थिए।

मह जोडी,कुमार बस्नेत ,शिबहरि पौडेल लगायतलाई खादा लगाई सम्मान गरिएको थियो भने खादा कविता महत (श्रीमती प्रेम राजा महत)ले लगाई दिएकी थिइन् । उनले कार्यक्रम स्थललाई पहिलो पटक आएको नातीको नाममा उक्त कक्षलाई गिर्वाण बिक्रम म्युजिक हाउस भएको बताए।

कार्यकममा हरिवंश आचार्यले हाम्रो मह जोडीमा त जोडेपछि महत हुने भएको भन्दै हाम्रो अत्यन्तै पुरानो सम्बन्ध रहेको बताए। उनले एक घरलाई उज्यालो बनाउन पुरुषले मात्र सक्दैन भन्दै कविता महत बैनीको ठूलो भूमिका रहेको प्रसंशा गरे । धेरै पटक अमेरिका आई सकेको र यस पटक साढे ३ बर्षको नाती हेर्न अमेरिका आएको र नातीको आवाज सुन्न र दशैमा छोरालाई टिका लगाउन आएको बताए।

यसैगरी मदन कृष्ण श्रेष्ठ बोल्ने क्रममा प्रेम जहिले पनि अमेरिका आएपछि आफूलाई भेट्न आउने बताए । र उनले छेउमा बसेका कुमार बस्नेतको ऒइ नाना ओई नाना गीत समेत गुनगुनाएका थिए। आफुले धेरै पटक कार्यक्रममा देश विदेश गएको स्मरण गरे।

कुमार बस्नेतसंग संचय कोषमा संगै काम गरेको बताउदै त्यस बखतमा गरेका कुराहरुसमेत दर्शकलाई सुनाएका थिए । प्रेम राजा महतलाई मेरो प्रेम,मेरो राजा मेरो अभिभावक मेरो छोरा भनि सम्बोधन गर्ने गरेको बताए । उनले चिनिया भाषामा बोलेर कसरी मानिसहरुलाई आकर्षण गरेको र यसरी सुरु गरेको उनले त्यस दिनका कुरा बताए।

श्रेष्ठले महतलाई कोरोना हुँदा आँसु आएको र आफू र आफ्ना परिवारलाई समेत कोरोना भएको चर्चा गरे । त्यसै गरि वरिष्ठ लोक गायक कुमार बस्नेतले हाम्रो उहाँहरुसंग राम्रो सम्बन्ध छ भने।

उनले एउटा कुरा भन्न मन लाग्यो भन्दै हामीमा हामी नै जान्ने हामी नै ठूलो हु भन्ने हामीमा भावना रहेको छ उनले दुखेसो पोखे । मैले पनि धेरै कुरा सिके। म लक्ष्मीप्रसाद देवकोटाको काखमा बसे। भीमनिधि तिवारी ,राजा त्रिभुवन र राजा महेन्द्रसंग भेटे र सारा जनतासंग भेटे र चिन्ने मौका पाए। र मलाई माया गर्नु हुन्छ भन्दै मुरी मुरी धन्यवाद दिए।

बस्नेतले हंगकंग, ब्रुनाई, कतार र अन्य देशहरुसंगै कार्यकम गर्न गएको स्मरण गरे । बोल्ने क्रममा शिवहरी पौडेलले प्रेम राजा महतले मलाई मेरो साथी हो भन्दा मेरो छाती गर्वले फुलेको छ। र हामी साथी हौ भने । उनले तेश्रो पटक प्रेमको घरमा आएको भन्दै भाउजु कविता महतलाई कविता रानी महत भनि सम्बोधन गरे। प्रेमको प्रगतिमा भाउजुको ठूलो हात छ भनि प्रशंसा गरे।

कविता गृहमा नआएता पनि नेपाल हाउसमा आएर खाएर जाने गरेको छु भने। उक्त कार्यक्रममा अन्य एक दुई जनाले पनि छोटो मन्तब्यको साथै बानाका अध्यक्ष सुबोध पन्तले धन्यवाद ज्ञापन मन्तब्य राखेका थिए।

कार्यकममा मदन कृष्ण श्रेष्ठकी सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठ, नायिका पूजा लामा, प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा ,सामाजिक अभियन्ता प्रेम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।





Comments

comments

46249