नेपालबाट आएका २ मा कोरोना देखियो, हङकङमा फेरि नेपाल एयरलाइन्स प्रतिबन्ध..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ नोभेम्बर । नेपालबाट आएका २ यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङ सरकारले नेपाल वायुसेवा निगमको RA409 लाई हङकङमा प्रतिबन्ध लगाएको छ।

सरकारले निगमको RA409 लाई ४ देखि १७ नोभेम्बरसम्म प्रतिबन्ध लगाएको हो। यसअवधिमा निगमको विमानलाई हङकङबाट यात्रु लैजान पाए पनि नेपालबाट यात्रु ल्याउन प्रतिबन्ध लगाएको हो।

सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार हङकङमा ७ आयातित केस थपिएको जनाएको छ।

आयातित संक्रमित केसहरुमा नेपालबाट नोभेम्बर २ तारिख वायुसेवा निगमको RA409 बाट हङकङ आएका २ जना सामेल छन्। उनीहरु ४० वर्ष उमेरका एक महिला र पुरुष रहेका छन्।

अन्य आयातित संक्रमित केसहरुमा पाकिस्तानबाट २, भारतबाट २ र इन्डोनेसियाबाट आएका १ घरेलु सहयोगी सामेल छन्। ६ आयातित संक्रमित केसहरुमा म्युटन स्ट्रेन्स देखिएको जनाएको छ।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46374