हङकङमा भोलि साँझदेखि चिसो बढ्दै..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ नोभेम्बर । हङकङमा भोलि आइतवार साँझदेखि अचानक तापमान घट्ने भएपछि चिसो बढ्ने भएको छ।

३१°C सेल्सियस डिग्रीबाट २१°C हुंदै हङकङको ता कु लिंगमा मंगलवार विहान १३°C सेल्सियस डिग्रीसम्म तापमान घट्न सक्ने अनुमान गरिएको छ।

हङकङको तापक्रममा उल्लेखनीय गिरावट आउन सक्ने हङकङको मौसम विभाग (Hong Kong Observatory) ले जनाएको छ। उसको अनुसार दिन र रातको तापक्रममा निकै ठूलो अन्तर हुनेछ।

उच्चतम तापक्रम २९ डिग्री सेल्सियसबाट ह्वात्तै घट्दै कतिपय ठाउँमा २० डिग्री सेल्सियससम्म र त्यसभन्दा कम हुन सक्छ। अर्थात् एकै दिनमा तापक्रम झन्डै १० डिग्रीले घट्ने छ।

मौसम परिवर्तनमा सर्वसाधारणलाई ध्यान राख्न भनिएको छ।





Comments

comments

46436