हङकङ कोरोना न्युज अपडेट- थप २ नेपाली महिलामा देखियो कोरोना..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ नोभेम्बर । नेपालबाट आएका थप दुई यात्रुमा कोरोना पोजेटिभ देखिएको छ। नेपालबाट नोभेम्बर २ तारिख नेपाल वायुसेवा निगमको RA409 बाट हङकङ आएका दुई नेपाली महिलामा क्वारेन्टिनमा रहेको बेला कोरोना पोजेटिभ देखिएको हो।

सेन्टर फर हेल्थ प्रोटेक्शनले जनाएअनुसार ४१ र ४४ वर्ष उमेरका दुई नेपाली महिलामा कोरोना (L452R mutant virus strain) देखिएको छ। उनीहरु नेपालबाट आएपछि रामदा होटल सिम शा चुई र मेट्रोपार्क होटल काउलुनमा क्वारेन्टिनमा बस्दै आएका थिए। परीक्षणको क्रममा उनीहरु दुबैमा कोरोना पोजेटिभ देखिएको हो। यसअघि, उनीहरुसंगै आएका दुई नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो।

दुबैले कोरोनाविरुद्ध २ डोज खोप लिइसकेका रहेका छन्। ४१ वर्षीया महिलाले दुबै डोज नेपालमा अप्रिल १५ र मे १८ मा र ४४ वर्षीया महिलाले मे १० र ३१ तारिख हङकङमा लिएको जनाइएको छ।

नोभेम्बर २ तारिख २ यात्रुमा कोरोना देखिएपछि निगमको RA409 लाई ४ देखि १७ नोभेम्बरसम्म प्रतिबन्ध लगाएको छ। यसअवधिमा निगमको विमानलाई हङकङबाट यात्रु लैजान पाए पनि नेपालबाट यात्रु ल्याउन प्रतिबन्ध लगाएको हो।

सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार हङकङमा ७ आयातित केस थपिएको जनाएको छ। उनीहरु ११ महिना र ६२ वर्ष बीच उमेरका २ पुरुष र ५ महिला रहेका छन्।

आयातित संक्रमित केसहरुमा नेपालबाट २, पाकिस्तानबाट १, फिलिपिन्सबाट २ घरेलु सहयोगी, बेलायतबाट आएका १ र अमेरिकाबाट आएका १ जना सामेल छन्। उनीहरुमध्ये ५ जनामा म्युटन स्ट्रेन्स देखिएको जनाएको छ।

७ आयातित केससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३६८ पुगेको छ। प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ। स्थानीय सङ्क्रमित केस नदेखिएको यो २९ औं दिन हो।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46432