क्षतिपूर्तिको माग गर्दै नेपाली महिलाविरुद्ध हङकङको उच्च अदालतमा मुद्दा दायर..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ नोभेम्बर । क्षतिपूर्तिको माग गर्दै नेपाली महिलाविरुद्ध हङकङको उच्च अदालतमा शुक्रवार मुद्दा दायर भएको छ।

Photo Courtesy: hk.on.cc

२१ जनवरी २०१९ मा चिम शा चुईको नाथन रोडस्थित मिरामार होटलको आल्मुनियमको झ्याल खसेर हङकङ भ्रमणमा आएकी २४ वर्षीया चिनियाँ पर्यटक जुओ शाओफेङको मृत्यु भएको थियो।

जुओ शाओफेङ आफ्ना प्रेमीसंग हिड्दै गर्दा आल्मुनियमको झ्याल खसेर टाउकोमा लागेको थियो। टाउकोमा गम्भीर चोट लागेको जुओ शाओफेङको त्यही दिन उपचारको क्रममा क्वीन एलिजाबेथ अस्पताल याउ मा तेईमा मृत्यु भएको थियो।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेपालीमूलकी सफाई कामदार ३९ वर्षीया सविताकुमारी राईलाई पक्राउ गरेको थियो।

२ वर्षभन्दा बढी समयपछि मृतकका आफन्तले नेपाली मूलकी महिला कामदार र मिरामार होटलविरुद्ध गत शुक्रबार (५ ता) क्षतिपूर्तिको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। क्षतिपूर्तिको मुद्दा दायर गरे पनि दाबी रकम भने उल्लेख गरिएको छैन।

मृतकका आफन्तले राई सविताकुमारी र मिरामार होटल म्यानेजमेन्ट कम्पनी लिमिटेडविरुद्ध उजुरी हालेको हो। सफाई कर्मचारीले काम गर्दा लापरवाही गरेको र उनको रोजगारदाताले जिम्मेवारी वहन गर्नु पर्ने रिटमा उल्लेख गर्दै क्षतिपूर्ति माग गरिएको जनाएको छ।





Comments

comments

46471