हङकङ कोरोना न्युज अपडेट- हङकङमा कोरोना केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ नोभेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार हङकङमा स्थानीय र आयातितको नयाँ केस नथपिएको जनाएको छ।

हङकङमा गत महिनाको १० तारिख पनि शून्य केस दर्ज गरिएको थियो। यद्यपि, कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३६९ रहेको छ।

पछिल्लो १४ दिनमा ४८ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ८४ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46478