Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

७० वर्षीया पत्नीको विछोडमा वृद्धले गुप्ताङ्ग काटे

टर्की, फागुन १६ – पत्नीले छोडेपछि यहाँका एक वृद्धाले आफ्नो गुप्ताङ्ग काटेर नदीमा फालेका छन्। बेलायती पत्रिका मिररका अनुसार ७३ वर्षीय टुरगुटले पत्नीको विछोडमा गुप्ताङ्ग काटेका हुन्। उनकी ७० वर्षीया पत्नी निसले डाक्टरसँग प्रेमसबन्ध भएको र उनीसँग बस्न नसक्ने भनेपछि गुप्ताङ्ग काटेको मिररले उल्लेख गरेको छ।

टुरगुट टर्कीको ओयमनभन्दा अलिक परको गाउँका स्थानीय बासिन्दा हुन्। उनकी श्रीमती निस केही दिनका लागि इस्तान्बुल गएपछि उनी एक्लै भएकी थिए। खासमा उनी आफ्नो पत्नीको पर्खाइ थिए। पत्न को आगमनसँगै टुरगुट आफ्नो ५०औं एनभरसरी मनाउने योजनासमेत बनाएका थिए। तर उनकी पत्नी निसले आफू एक डाक्टरसँग प्रेम गरेको र अब गाउँ नआउने भनेपछि टुरगुट नदीको किनार गएर गुप्ताङ्ग काटेर नदीमा बगाइदिएको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ।

टुरगुटलाई तुरुन्तै अस्पताल पुर्यारइएको थियो। तर उनको गुप्ताङ्ग भने नदीमा नभेटेको स्थानीय अधिकारीलेहरुले बताएका छन्। टुरुगुटको स्वास्थ्य ठीक भए पनि उनी अहिले डिप्रेसनको सिकार बनेको डाक्टरहरुले बताएका छन्। टुरगुटले जिन्दगीभर साथ दिँदादिँदै पत्नीले छोडेर गएपछि आफ्नो पुरुषत्व नष्ट गरेको बताएका छन्। त्यसैले यस्तो हर्कत गरेको उनले बताए।





Comments

comments

4677