न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३० नोभेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार हङकङमा थप ६ आयातित केस थपिएको जनाएको छ।
यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,४३७ पुगेको छ।
प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।
आयातित संक्रमित केसहरुमा ३ जना पाकिस्तानबाट, १ जना भारतबाट, १ जना बेलायतबाट र १ जना फिलिपिन्सबाट आएका सामेल छन्। ४ जनामा म्युटन्ट स्ट्रेन्स देखिएको जनाइएको छ।
पछिल्लो १४ दिनमा ४३ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।
हङकङमा कोरोना सङ्क्रमित ४६ जनाको उपचार भइरहेको छ। थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।
👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।