नेपालबाट हङकङ आएका १ जनामा देखियो कोरोना, हङकङमा ओमिक्रोन केस १४ पुग्यो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ डिसेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले नेपालबाट आएका १ जना यात्रुसहित थप ५ आयातित संक्रमित केस थपिएको शनिवार जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,५१९ पुगेको छ। यद्यपि, प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस आज पनि शून्य नै रहेको छ।

नेपाली आयातित सङ्क्रमित केसमा नेपाल वायुसेवा निगमको RA409 बाट डिसेम्बर १४ तारिख हङकङ आएका २४ वर्षीय पुरुष रहेका छन्। नेपालबाट आएर मेट्रोपार्क होटल काउलुनमा क्वारेन्टिनमा रहेका बेला परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको जनाएको छ।

अन्य आयातित संक्रमित केसहरुमा क्यानडा, नाइजेरिया, बेलायतबाट आएका दुई जना सामेल छन्।

हङकङमा तीन नयाँ ओमिक्रोन केस थपिएका छन्। यससंगै ओमिक्रोनसँग सम्बन्धित केसको संख्या हङकङमा १४ पुगेको छ।

पछिल्लो १४ दिनमा ६५ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ८३ जनाको उपचार भइरहेको छ। आज थप ५ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।





Comments

comments

47325