Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली तारा – ३ को उपाधि प्रताप लामालाई

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, फागुन २२ – सांगीतिक रियालीटी सो कोका–कोला नेपाली तारा ३ को उपाधि प्रताप लामाले जितेका छन्। काठमाडौँस्थित आर्मी अफिसर्स क्लबमा शुक्रवार घोषित परिणाम अनुसार प्रतापले सुरेश लामा र देबेस राईलाई पछि पार्दै नेपाली तारा ३ को शीर्ष उपाधिसहित एउटा बजाज डिस्कोभर मोटरसाइकलका साथै २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। त्यस्तै, प्रतियोगितामा पहिलो रनर अप भएका देबेस राईले ५० हजार र दोस्रो रनर अप भएका सुरेश लामाले २५ हजार प्राप्त गरे।

हजारौँ सांगीतिक प्रतिस्पर्धीहरुको भिडलाई पार गर्दै कोका–कोला नेपाली तारा ३ ले उत्कृष्ट तीन प्रतियोगीहरुका रूपमा सुरेस लामा, प्रताप लामा र देबेस राई अन्तिम पटक प्रतिस्पर्धा गरेका थिए।

मोरङ्गका प्रताप लामा नेपाली ताराको दोस्रो सिजनका रनर अप सूर्य किरण लामाका भाइ हुन् भने इटहरीका देबेस राई पप गीतहरु गाउन बढी रुचाउँछन्। सुरेश लामा चितवनको एउटा सानो गाउँबाट गायक बन्ने धोको बोकेर आएका हुन्।

विजेता प्रतापले नगद पुरस्कारसहित कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ।

नेपाली तारा ३ को भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

4767